श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

सामाजिक अपराध न्युनिकरण तथा लागूऔषध दुर व्यासनी सम्वन्धी १ दिने अभिमुखी कार्यक्रम सम्पन्न

मिति २०८१/०८/२१ मा
काठेखोला गाउँपालिका ४ तंग्राम वडा कार्यालय , प्रहरी चौकी विहुँको अायोजना र श्री धारा माध्यमिक विद्यालयको व्यवस्थापनमा “समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवम सुरक्षित समाजको लागी” भन्ने नाराका साथ धारा मा.विको सभा हलमा सामाजिक अपराध न्युनिकरण तथा लागूऔषध दुर व्यासनी सम्वन्धी १ दिने अभिमुखी कार्यक्रम सम्पन्न ।।
कार्यक्रममा काठेखोला गाउँपलिका ४ तंग्रामका बडा अध्यक्ष श्री लक्षमण पुनको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि प्रहरी साहायक निरिक्षक सुनिल शर्मा , विशिष्ट अतिथि प्रहरी नायव निरिक्षक मीन बाहादुर जि.सि , विद्यालयका प्रधानाध्यापक कमला थापा सहभागीतामा एक दिने सामाजिक अपराध न्युनिकरण र लागूऔषध दुर व्यासनी सम्वन्धी प्रशिक्षण रहेको थियोे ।
उक्त कार्यक्रम वि.व्य.सका कार्यवाहक अध्यक्ष विष्णु कँडेलको अध्यक्ष्ाता, प्रहरी साहायक निरिक्षक तेजेन्द सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य गतिविधि

Scroll to Top