श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

अध्यक्षको मन्तव्य

amar bahadur thapa

अम्मर बहादुर थापा

अध्यक्ष

विद्यालय व्यवस्थापन समिति

आदरणीय पाठकहरू,
४ दशक भन्दा लामो इतिहास बोकेको यस श्री धारा माध्यमिक विद्यालय काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम मा अवस्थित रहेको छ। विद्यालय स्थापना काल देखि बिभिन्न चरणहरू पार गर्दै अहिले को डिजिटल युग सम्म आइपुग्दा यस विद्यालयको वेब साइत dharamavi.edu.np,हालसम्म विद्यालयमा भएका गरेका बिभिन्न कृयाकलाप तथा गतिविधिहरू, शैक्षिक सामग्री लाई देश तथा विदेश मा रहनुभएका अभिभावक ,शुभचिन्तक, विद्यार्थीहरू सम्म अत्यन्तै सरल र सजिलो माध्यम बन्ने छ भन्ने विश्वास गरेको छु। साथै यहाँ समावेश गरिएका सामाग्रीहरू विद्यालयको ऐतिहासिक ,शैक्षिक गतिविधि को साथै शैक्षिक तथ्याङ्क को बारेमा पनि सम्बद सबै लाइ उपयोगी सामग्री बन्ने छ भन्ने कुरा मा विश्वस्त छु।

श्री धारा मा.बि , बि.स. २०३६ साल पुस ७ गते स्व. श्री हस्त दल पुन, स्व. श्री राम बहादुर थापा, स्व. श्री मणि प्रसाद थापा ,स्व. श्री मनि प्रसाद पुन, स्व. श्री खड्ग बहादुर पुन र स्व. श्री कर्ण बहादुर पुन द्वारा स्थापना गरिएको थियो । देश भरि नै शिक्षा मा अत्यन्तै पछि परेको समूह मगर, कामी ,सार्की र दमाइ जातजाति को घना बस्ती रहेको ठाउँ मा आज भन्दा ४४ वर्ष अगाडि विद्यालय स्थापना गरि शैक्षिक जागरण थालनी गर्ने कुरा आफै मा साधारण विषय हुँदै होइन। त्यसैले यो महत्वपूर्ण सन्दर्भमा अग्रजहरू लाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु। बि.स. २०३६ साल मा कक्षा १ सञ्चालन गरि क्रमवद्ध बि.स. २०४१ साल सम्म आइपुग्दा विद्यालय ले कक्षा ५ सम्म सञ्चालन गरेको थियो। तत्कालीन विद्यालय व्यवस्थापन समिति को अध्यक्ष श्री इन्द्र बहादुर थापा को पहल मा बि.स. २०५६ साल बात कक्षा ६ को पठन पाठन सुरु भै २०५८ साल मा नि.मा.वि को रुपमा स्तर उन्नति भयो। बि.स. २०५९ साल मा मा.वि तह को प्रकिया सुरु गरि गरि बि.स.२०६२ साल मा पहिलो पल्ट SLC/SEE दिन् विद्यालय सफलता मात्र भएन सामुदायिक विद्यालय मा जिल्ला भरि मै दोस्रो स्थान मा पहिलो चोटी मै गर्विलो उपस्थिति देखाउन सफल भयो र आफूलाई माध्यामिक विद्यालयको रुपमा स्थापित गर्यो ।

बि.स. २०६३ साल बात नर्सरी देखि कक्षा ३ सम्म अंग्रेजी माध्यम बात पठनपाठन सुरु गरि, प्रत्येक वर्ष नेपाली माध्यम को स्थान मा अंग्रेजी माध्यम कक्षा थप गर्दै बि.स. २०७० साल सम्म आइपुग्दा कक्षा १० सम्मै अंग्रेजी माध्यम बाट अध्यापन हुने जिल्ला भित्र पहिलो सामुदायिक विद्यालय को रुपमा स्थापित भयो। बि.स. २०६६ साल बात कक्षा ११÷१२ को पठन पाठन सुरु गरि २०६८ साल मा आइपुग्दा उच्च माध्यमिक विद्यालय को रुपमा रूपान्तरण गरियो। कक्षा ११ / १२ मा को अंग्रेजी, नेपाली विषय को अध्यापन गराउँदै , बि.स. २०७६ समाज शास्त्र विषय , २०७७ बात गणित विषय र २०७८ साल बात ऐच्छिक विज्ञान विषय को पनि कक्षा सञ्चालन गरियो। ३४० जना विद्यार्थीहरू र २४ जना शिक्षक कर्मचारीहरू कार्यरत छन्। यस विद्यालय स्थापना पछि यस विद्यालय ले यो क्षेत्रकै शैक्षिक जागरण मा महत्वपूर्ण भूमिका खेलेको छ । कुशल शिक्षक ,सचेत सिर्जनशील अभिभावक ,मेहनती विद्यार्थी र उत्तरदायी जनप्रतिनिधिहरू को अथक मेहेनत को परिणाम स्वरूप सामुदायिक विद्यालयहरूमा जिल्लामा आफूलाई राम्रो शैक्षिक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ। विद्यालय को शैक्षिक गुणस्तर साथ साथै समाजमा शैक्षिक जागरण पैदा हुन् सफल भएको छ। विद्यालय को विभिन्न अतिरिक्त क्रियाकलाप ले विद्यार्थी को व्यक्तित्व विकासमा अग्रणी भूमिका निर्वाह गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड द्वारा लिइने परीक्षा SLC/SEE २०६५ , २०६६,२०६७ ,२०६८ मा विद्यालय ले सत प्रतिशत पास गर्न सफल भएको थियो भन्ने अन्य वर्ष को परीक्षा मा पनि विद्यालय ले ७५% भन्दा माथि नै निरन्तर उत्तीर्ण गराउँदै आएको छ ।

अहिले सम्म विद्यालय को सामान्य र आधारभूत कुरा मात्र पुरा भएको छ। वर्तमान युग सुहाउँदो , विद्यार्थीको चाहना , अभिभावक को माग बमोजिम शैक्षिक संस्था सञ्चालन गर्ने र गुणस्तरीय शिक्षा प्रधान गर्ने को लागि आधारभूत विषय भनेको योग्य तालिम प्राप्त विषय गत शिक्षकहरू नै हो तर विद्यालय मा प्रा.बि तह मा बाहेक माथिल्ला तह का सबै दरबन्दी राहत र निजी श्रोत का छन्। यसले गुणस्तरीय शिक्षा मा सकारात्मक भूमिका खेल्न सक्दैन। आधुनिक भवन , खले मैदान , विज्ञान प्रयोग शाला , Computer Lab ,पुस्तकालय ,सुविधा सम्पन्न फर्निचर, बगैंचा र प्राविधिक शिक्षालय वर्तमान युग को आवश्यकता हो। तर यी सबै विषयहरू भविष्य मा पुरा गर्दै जाउला भन्ने बाहेक केही गर्न सकिएको छैन, हाम्रो समाज को लागि जुन सबै भन्दा समस्या को विषय बनेको छ यस विषय लाई सकेसम्म छिटो पुरा गर्नु हाम्रो दायित्व हो । त्यसकारण समाज राम्रो र बिकसित बनाउन को लागि त्यो गाऊ को शिक्षा प्रणाली वा विद्यालय कस्तो छ ? राजनैतिक पार्टी ,जनप्रतिनिधि ,संघ संस्था बौद्धिक व्यक्तित्व को शिक्षा प्रति को धारणा लाई कति महत्व दिएको छ ? भन्ने कुरा ले अत्यन्तै महत्व राख्दछ ।

अन्त्यमा विज्ञान र प्रविधि वर्तमान परिवेश मा यो वेब साइत ले हामी अभिभावक , शिक्षक, विद्यार्थी, शुभचिन्तक बिच को भौतिक दूरी लाई अझै नजिक बनाउदै , शैक्षिक जागरण को यो असीमित प्रकिया लाई थप उचाइ मा पुर्याउन को लागि आवश्यक सल्लाहसुझाव र सहयोग को सजिलो माध्यम बन्ने छ ,विद्यालय लाई शैक्षिक उपलब्धि पुरा गर्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने छ, भन्नेछ विश्वास गरेको छु।
धन्यवाद।

Scroll to Top