श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

कक्षा ८ को भेला सम्पन्न

gathering
अाज मिति २०८०/१०/२२ गते धारा मा.वि काठेखोला गाउँपालिका-४ तंग्राम बाग्लुङको कक्षा ८ को प्रथम त्रैमासि परीक्षा ,अतिरिक्त कक्षा परीक्षा , दोस्रो त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तुलना, विश्लेषण र सिकाई उपलब्धि बृद्वि गर्ने बारे नयाँ योजना निर्माण गर्न विद्यालय व्यवस्था समितिका सदस्य श्री विष्णु कँडेल को अध्यक्षतामा भेला सप्पन्न भएको छ ।
भेलामा जिल्ला समन्वय समिति को प्रमुख श्री अमर बहादुर थापाले प्रमुख आतिथीको आसन गह्रण गर्दै विद्यार्थीको सिकाई जि.पि.एमा मात्र होइन ,व्यवाहारमा हुनु पर्यो यसमा अभिभावक पनि अनिवार्य जोडिनु पर्ने भन्दै नैतिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

भेलामा कक्षा शिक्षक कर्ण बहादुर पुनले आफ्नो कक्षाको रिपोर्ट र नतिजाको तुलना र विश्लेषण गर्नु भयो । भने यस कक्षा ८ लालमति थापा , तस्लीमा पुन र नर बहादुर पच्याले आफ्नो भनाई राख्नु भएको थियो भने कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापाले अभिभावकको जिज्ञासा व्यवस्थापन गर्दै आगामी दिनको लागि अझै तयारी गर्ने बताउनु भयो ।सो कार्यक्रममा शिक्षक लालमति थापाको स्वागत र कर्ण बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य गतिविधि

Scroll to Top