अाज मिति २०८०/११/०६ गते धारा मा.वि काठेखोला गाउँपालिका-४ तंग्राम बाग्लुङको कक्षा ६.७ र ९ को प्रथम त्रैमासि परीक्षा ,अतिरिक्त कक्षा परीक्षा र दोस्रो त्रैमासिक र अर्धबार्षिक परीक्षाको नतिजा तुलना, विश्लेषण र सिकाई उपलब्धि बृद्वि गर्ने बारे नयाँ योजना निर्माण गर्न विद्यालय व्यवस्था समितिका सदस्य श्री विष्णु कँडेल को अध्यक्षतामा भेला सप्पन्न भएको छ ।
भेलामा जिल्ला समन्वय समिति को प्रमुख श्री अमर बहादुर थापाले प्रमुख आतिथीको आसन गह्रण गर्दै विद्यार्थीको सवै भन्दा महत्त्वपूर्ण पक्ष भनेको अनुसाशन हो । अनुशासन भयो भने सिकाई मात्र होइन सबै प्रकारको ज्ञान आर्जन हुन्छ त्यसैले अनुशासन र नैतिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । भेलामा कक्षा शिक्षकहरुले आफ्नो कक्षाको रिपोर्ट र नतिजाको तुलना र विश्लेषण गर्नु भयो । जसमा कक्षा – ९ का कक्षा शिक्षक नवराज तिमिल्सिना ,कक्षा- ७ बाट तस्लीमा पुन ,कक्षा -७ भिम बहादुर वि.क ले रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सल्लाहकार संयोजक थिर बहादुर रानाले मनतव्य राख्नु भएको थियो भने सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापाले अभिभावकको जिज्ञासा व्यवस्थापन गर्दै चैत्र ४ गतेबाट सञ्चालन हुने बार्षिक परीक्षामा विद्यार्थीहरुलाई १० देखि ४ पछिका समयमा अनिर्वाय होम रुटिङ लागू गर्ने बताउनु भयो ।सो कार्यक्रमको स्वागत नवराज तिमिल्सिना,सञ्चालन शिक्षक भिम बहादुर वि.क को सञ्चालनमा सम्पन्न भएको थियो ।






