श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

धारा मा.वि.मा शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

श्री धारा माध्यमिक विद्यालय, काठेखोला–४ तंग्राम, बागलुङमा आज जेष्ठ २३ गते एकदिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विद्यालय सुधार योजना (एस आई पि) निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको गरिएको शैक्षिक कार्यशालाको उद्घाटन जिल्ला समन्वय समिति,बागलुङका प्रमुख अमर बहादुर थापाले गर्नुभएको थियो ।

शैक्षिक कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले शिक्षा मानीसको नैसर्गिक अधिकार हो ।
हरेक ब्यक्तिले पढ्न पाउनु उसको अधिकार हो । अनि हरेक ब्यक्तिलाई शिक्षा दिलाउनु राज्यको कर्तब्य रहेको बताउदै बिद्यालय युग बदल्ने ज्ञानको केन्द्र भएको बताउनु भयो । साथै वहाँले विद्यालय कला, सिप र सिकाईको उत्प्रेरक र युगको नेतृत्व जन्माउने जननी हो, अनि मानवता, नैतिकता, प्रेम, आदर्श, बिश्वास र असल संस्कृतिको जननी मात्र होइन भोलीको राष्ट्र निर्माणकर्ताहरुको आधारशिला रहेको आफ्नो संवोधनको क्रममा बताउनु भएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुन, कार्यपालिका सदस्य एवम काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम वि.क., वडा सदस्य सम्झना थापा, अभिभावक एवम लक्ष्मी मा.वि.धम्जाका शिक्षक दल बहादुर पुन लगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

जनप्रतिनिधि, समाजसेवी, वि.व्य.स.सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, अभिभावक, शिक्षक एवम प्रतिनिधिमुलक विद्यार्थीहरुको सहभागीता रहेको शैक्षिक कार्यशाला गोष्ठीमा विद्यालयका प्रधानाध्यापक कमला थापाले विद्यालय सुधार योजनाका लागि गत शैक्षिक बर्षको समिक्षात्मक प्रतिवेदन सहित चालु शैक्षिक शत्रको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका का.वा. अध्यक्ष विष्णु कँडेलको अध्यक्षता, प्रधानाध्यापक कमला थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक नर बहादुर पच्याले गर्नुभएको थियो । शैक्षिक कार्यशालामा कक्षा नर्शरी देखि कक्षा १२ सम्मका कक्षा शिक्षकहरुले कक्षागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अन्य गतिविधि

Scroll to Top