अाज मिति २०८२/०४/२८ गते धारा मा.वि काठेखोला गाउँपालिका-४ तंग्राम बाग्लुङको २०८१ श्रावण १ गतेदेखि २०८२ असार मसान्तसम्मको यथार्थ आय -व्यय र विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिप्रतिवेदन साथै २०८२ श्रवण १ देखि २०८३असार मसान्तसम्मको अनुमानित आय -व्यय र २०८२ को प्रस्तावित शैक्षिक र भौतिक कार्यको सार्वजनिक कार्यक्रमको तुलना, विश्लेषण र नयाँ योजना निर्माण गर्ने कार्यक्रम विद्यालय व्यवस्था समितिका सदस्य श्री विष्णु कँडेल को अध्यक्षतामा सप्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्र.अ कमला थापाले २०८१ / ०८२ र ०८२/०८३ को शैक्षिक र भौतिक प्रगतिप्रतिवेदन साथै नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । त्यसैगरी आर्थिक समितिको संयोजक श्री थिर बहादुर रानाले आर्थिक प्रतिवेदन र जिन्सी विभागको संयोजक श्री भिम बहादुर वि.कले जिन्सी प्रतिवेदन पेश गर्नु भएको थियोे ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति को प्रमुख श्री अमर बहादुर थापाले प्रमुख आतिथीको आसन गह्रण गर्दै विद्यालयको कुनै पनि प्रगति एकैचोटि नहुने त्यसको लागि निरन्तरता र एउटा सर्कल पुरा हुनु पर्ने बताउनु भयो । आज धारा मा.वि यो अवस्थामा अाउन हिजोका शैक्षिक तथा बौद्धिक व्यक्तिको निकै ठूलो योगदान रहेको थियो जस्को कारण अाज यो धरातल प्राप्त हुन सकेको छ । त्यसैले अवको अभिभावकले यस कार्यलाई निरन्तरता दिने कुरामा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथिको काठेखोला गाउँपालिका ४ तंग्रामका बडा अध्यक्ष श्री लक्ष्मण पुन,काठेखोला गाउँ पालिका कार्यपालिका सदस्य तथा यस विद्यालयका शिक्षक अभिभावक संघका संयोजक टीका संगम वि.क, बडा सदस्य भूमिका पुन परियार,बडा सदस्य भूमिका पुन परियार लगायतले प्रतिवेदन माथि महत्त्वपूर्ण सुझाव सहित मनतव्य राख्नु भएको थियो भने सो कार्यक्रममा विद्यालयका २०८१/०८२ को अाय व्यय र प्रगति समीक्षा सहित प्रतिवेदन लाई पारित गर्दै २०८२/०८३ का लागि नयाँ नीति तथा कार्यक्रम समेत अनुमोदन गरिएको कार्यक्रममा शिक्षक प्रतिनिधि नर बहादुर पच्याको स्वागत र शिक्षक भिम बहादुर वि.कको सञ्चालनमा सम्पन्न भएको थियो ।
upload
upload





