श्री धारा माध्यमिक विद्यालय

काठेखोला गाउँपालिका-४ तंग्राम , बागलुङ

धारा मा.वि.को ४७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

श्री धारा माध्यमिक विद्यालय काठेखोला ४ तंग्राम, बागलुङको ४७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस एक भव्य कार्यक्रमका साथ आज पौष ७ र ८ गते सम्पन्न भएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि काठेखोला गा.पा.का उपाअध्यक्ष तथा यस् विद्यालयका सल्लाहकार तेज बहादुर थापाले धारा मा.वि.को इतिहास निकै गर्विलो रहेको बताउदै विद्यालय स्थापनामा सहयोग पुराउनुहुने सम्पूर्ण संस्थापकहरुलाई आफ्नो मन्तव्य मार्फत सम्मान व्यक्त गर्नुभएको थियो । आफ्नै विद्यालयको प्राङ्गणमा पहिलो दिन पौष ७ गते आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, “बालमैत्री विद्यालय” बिषयमा चित्रकला प्रतियोगिता र मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । विभिन्न विद्यालयहरुको सहभागीता रहेको हाजिरीजवाफ प्रतियोगितामा श्री धारा माध्यमिक विद्यालय काठेखोला–४ तंग्रामले प्रथम स्थान, श्री युनिक आधारभूत विद्यालय,काठेखोला–३ धम्जाले द्धितिय, श्री धारा माध्यमिक विद्यालय काठेखोला–४ तंग्रामले तृतीय स्थान र युनिक आधारभुत विद्यालय,काठेखोला–३ धम्जाले र श्री नारायणी माध्यामिक विद्यालय काठेखोला–४ तंग्रामले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । “बालमैत्री विद्यालय” बिषयक चित्रकला प्रतियोगितामा श्री धारा माध्यमिक विद्यालयका अंकित थापा प्रथम, श्री युनिक आधारभूत विद्यालयका दिवस सापकोटा द्धितीय, श्री नारायणी मा.वि.का सोफिया परियारले तृतीय,र श्री जनएकता आ.वि. का सन्देश किसानले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । त्यसैगरि मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री धारा मा. वि.का अस्मि जोल्मी प्रथम, श्री नारायाणी मा.वि.का कृष्टिना थापा द्धितीय, श्री धारा मा.वि.का प्रेम किसान ले तृतीय, र सन्जिव वि.क.ले सान्त्वना स्थान हासिल गर्नुभयो । त्यसैगरी
दोस्रो दिन पौष ८ गते आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा मार्चपास तथा सदानात्मक पि.टी प्रदर्शनमा चारवटा सदानात्मक प्रतियोगितामा ग्रीन हाउसले प्रथम स्थान हासिल गर्नुभयो ।
यस कार्यक्रममा मन्तव्य राख्नुहुने प्रमुख अतिथि काठेखोला गा.पा. का उपाअध्यक्ष तथा विद्यालयका सल्लाहकार तेज बहादुर थापा, विशिष्ट अतिथि काठेखोला गा.पा ४ तंग्रामको वडा अध्यक्ष लक्ष्मण पुन, काठेखोला गा.पा. कार्यपालिका सदस्य तथा शि.अ.स संयोजक टिका संगम वि.क. र काठेखोला गा.पा.का शिक्षा अधिकृत रमा उचै, सल्लाहकार ओम बहादुर पुन र शिक्षक भिम बहादुर वि.क., विद्यार्थी अस्मि जोल्मीले मन्तव्य राख्नुभएको थियो र सो कार्यक्रममा बार्षिक प्रतिवेदन प्रधानाध्यापक कमला थापाले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य थिर बहादुर रानाको अध्यक्षता, प्रधानाध्यापक कमला थापाको स्वागत मन्तव्य, र शिक्षक तस्लिमा पुन र कली थापाको सञ्चालनमा विविध कार्यक्रम सु सम्पन्न भयो ।

अन्य गतिविधि

Scroll to Top