बैशाख १० – २०८१
श्री धारा माध्यमिक विद्यालयका कक्षा ११मा अध्ययनरत विद्यार्थीहरु काे आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई तथा परीक्षा सफलताको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षा सफलताको शुभकामना प्रकट गर्दै मेनुका थापा,बुद्विमाया किसान, समीक्षा पुनले स्वागत गरिएको कार्यक्रममा कक्षा ११ का सम्पूर्ण विद्यार्थी र शिक्षकहरुले उत्प्रेरेणाका साथ अविर फूलमालाले बिदाई गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक कमला थापाले विद्यालयले कक्षा १२ सम्म दिएको शिक्षा र असल संस्कृति जीवनको हरेक सफलताको आधार बनोस् सो सफलताले समाजमा फरक भूमिका र उतरदायित्वमा उभिएको देख्न पाइयोस भन्दै परीक्षामा सफलताको शुभकामना प्रकट गर्नु भयो शिक्षक नर बहादुर पच्या , शिक्षक भिम बि.क र विदाई हुने कक्षा १२ का छात्र सुसन कँडेल , छात्रा इच्छा वि.क ले भनाइ राख्नु भएको कार्यक्रममा कक्षा ११ विद्यार्थी दिपेश वि.क ले सञ्चालन ,अनुसा वि.क को अध्यक्षता र समीक्षा वि.क को स्वागत मा सांस्कृतिक विभागको नृत्य सहित सम्पन्न भएको थियो ।





