श्री धारा माध्यमिक विद्यालय, काठेखोला–४ तंग्राम, बागलुङमा आज जेष्ठ २३ गते एकदिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विद्यालय सुधार योजना (एस आई पि) निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको गरिएको शैक्षिक कार्यशालाको उद्घाटन जिल्ला समन्वय समिति,बागलुङका प्रमुख अमर बहादुर थापाले गर्नुभएको थियो ।
शैक्षिक कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले शिक्षा मानीसको नैसर्गिक अधिकार हो ।
हरेक ब्यक्तिले पढ्न पाउनु उसको अधिकार हो । अनि हरेक ब्यक्तिलाई शिक्षा दिलाउनु राज्यको कर्तब्य रहेको बताउदै बिद्यालय युग बदल्ने ज्ञानको केन्द्र भएको बताउनु भयो । साथै वहाँले विद्यालय कला, सिप र सिकाईको उत्प्रेरक र युगको नेतृत्व जन्माउने जननी हो, अनि मानवता, नैतिकता, प्रेम, आदर्श, बिश्वास र असल संस्कृतिको जननी मात्र होइन भोलीको राष्ट्र निर्माणकर्ताहरुको आधारशिला रहेको आफ्नो संवोधनको क्रममा बताउनु भएको थियो